बिहीबार , साउन २१ गते २०८३

कोरोना भाइरस पैसाको नोट र फोनको स्क्रिनमा २८ दिनसम्म रहन सक्ने

कोरोना भाइरस पैसाको नोट र फोनको स्क्रिनमा २८ दिनसम्म रहन सक्ने

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • कोरोना भाइरस पैसाको नोट र फोनको स्क्रिनमा २८ दिनसम्म रहन सक्ने

    असोज २६,

    नयाँ अनुसन्धानपछि कोरोना भाइरस स्टेनलेस स्टिल, पैसाको नोट र फोनको स्क्रिनजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि आशंका गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता कुरा पत्ता लागेको छ ।

    २० डिग्रीको तापमान, अर्थात सामान्य रुम तापक्रममा अनि चिल्ला सतह जस्तै ग्लास, मोबाइल फोनको स्क्रिन, प्लाष्टिक र पेपरका नोट लगायतमा यो जिवित रहन सक्छ । उनीहरुका अनुसार विशेषगरी अँध्यारो अनि चिसोमा भाइरस सोचेभन्दा धेरै लामो समयसम्म संक्रमक अवस्थामा रहन्छ ।

    त्यसैगरी पहिले गरिएका ल्याब टेस्टमा कोभिड–१९ बैंकका नोट अनि सिसामा दुईदेखि तीनदिन अनि प्लाष्टिक र स्टिलमा चाहिँ ६ दिनसम्म जिवित रहन सक्ने बताइएको थियो । तर अष्ट्रेलियन एजेन्सी सिस्रोले भने यो भाइरस २८ दिनसम्म पनि आक्रामक रुपमा जिवित रहिरहेको पत्ता लगाएको छ ।

    त्यस्तै लुगाहरुमा पनि यो धेरै प्वाल भएका भन्दा नभएका र चिल्लो सामग्रीबाट बनेका कपडामा १४ दिन भन्दा बढी समयसम्म जिवित रहन सक्ने पत्ता लागेको हो । सिस्रोकी प्रमुख डाक्टर ल्यारी मार्सल भन्छिन्, “यो रिसर्च किनपनि जरुरी छ भने भाइरस सतहमा कतिन्जेल रहन सक्छ भन्ने थाहा पाउनुले हामीलाई यसको फैलावट नियन्त्रण गर्न अनि मान्छेहरुलाई संक्रमणबाट जोगाउन केमा बढी ध्यान दिनुपर्छ भनेर सजगता अपनाउन मद्दत गर्दछ ।”

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार