बिहीबार , साउन २१ गते २०८३

संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी

संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी

अखबार दैनिक
आइतबार, कात्तिक २० २०७९
  • संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी

    कात्तिक २० काठमाडौं । नेपालमा पहिलो पटक दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको प्राविधिक सहकार्यमा औषधि कम्पनी सञ्चालनमा आएको छ।

    मीरा बायोटेक प्रालिले इयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको छ।


    ४०० मिलियन अमेरिकी डलर बजार पूँजी भएको ईयूबी दक्षिण कोरियाको एक बायोफर्मास्युटीकल कम्पनी हो, जो विश्वव्यापी जनस्वास्थ्यका लागि खोप विकासमा केन्द्रित छ।

    मीरा बायोटेकका अनुसार नेपालको औषधि उद्योगमा यो पहिलो उत्तर दक्षिण (विकसित देश र विकासशील देश) सहकार्य हो।

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा उत्पादन कारखाना सञ्चालन गर्दै आएको मीरा बायोटेकले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ। यी उत्पादनहरूको उत्पादन र बजारीकरणमा कम्पनी सक्रिय छ।

    ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया ९डब्लुएचओ जीएमपी० प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ।

    मिरा बायोटेकमा औषधि क्षेत्रका परिचित अनुहारहरु आवद्ध छन्। भ्याक्सिन क्षेत्रका वैज्ञानिक डा विनोद साह यस कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक र नेपाल ‍औषधि लिमिटेडका निवर्तमान महाप्रबन्धक डा रोभस कुसम सुवेदी प्राविधिक निर्देशक छन्।

    कम्पनीले आफ्ना उत्पादनहरू सुरुमा नेपाल र त्यसपछि विदेशमा उपलब्ध गराउन खोजेको छ। साथै, यसले निकट भविष्यमा थप विशेष उत्पादनहरू जस्तै इन्जेक्टेबल, खोपहरू आदि उत्पादन गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार