बिहीबार , साउन २१ गते २०८३

भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज

भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज

    भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज

    कात्तिक २३ काठमाडौं । भरतपुर अस्पतालका चिकित्सकले औषधि व्यवस्था विभागमा दर्ता नभएका आहारपुरक खाद्य पदार्थ (न्ययुट्रास्युटिकल्स फुड सप्लिमेन्ट) बिरामीलाई प्रेस्काइब गर्न नपाउने भएका छन्।

    अस्पतालको गत २० कात्तिकमा बसेको ड्रग एण्ड थेरापेटिक कमिटीको बैठकले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रास्युटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज लगाएको हो।


    अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै विभागमा दर्ता नभएका यस्ता बस्तुहरुको प्रेस्काइब गर्न नपाइने जानकारी गराएका छन्। पछिल्लो समय नेपालमा न्युट्रास्यिुटिकल्स फुड सप्लिमेन्टको व्यापार निकै नै बढेको छ।

    मूल्यको हिसावले निकै नै महंगो पर्ने यस्ता बस्तुहरु चिकित्सकले प्रेस्काइब गर्दा बिरामीले भने यसलाई औषधिको रुपमा बुझेर प्रयोग गर्ने गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार