सोमबार, असार २४ गते २०८२

जबरजस्ती करणीको सिकारमा परेर अकालमै अस्ताईन १८ वर्षीया अस्मि, एक जना पक्राउ

जबरजस्ती करणीको सिकारमा परेर अकालमै अस्ताईन १८ वर्षीया अस्मि, एक जना पक्राउ

अखबार दैनिक
बिहीबार , असार १४ २०८०
  • जबरजस्ती करणीको सिकारमा परेर अकालमै अस्ताईन १८ वर्षीया अस्मि, एक जना पक्राउ

    अत्तरिया : कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी शनिवार मृत फेला परिन् । गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परिन् । शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन ।

    images

    अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन् । यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ । अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन् । असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ ।

    नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ । प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ । अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए ।

    न्यायका लागि अत्तरियामा प्रदर्शन
    आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ । नेपालगंजमा अध्ययनरत अस्मितामाथी नेपालगंजमै बलात्कृत भएको र, कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर आत्महत्या गरेको आफन्तको दावी छ । बुधबार आफन्तले अश्मीका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै अत्तरिया बजारमा प्रदर्शन गरेका थिए । उनीहरुले अश्मीको न्यायका लागि नारा लगाउँदै अत्तरिया चोक परिक्रमा गरी केही समय इलाका प्रहरी कार्यालयको गेटमा नारावाजी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार