बुधबार, असोज ३० गते २०८२

विश्वको १० शक्तिशाली पासपोर्टको सुचीबाट बाहिरियो अमेरिकी पासपोर्ट

विश्वको १० शक्तिशाली पासपोर्टको सुचीबाट बाहिरियो अमेरिकी पासपोर्ट

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • विश्वको १० शक्तिशाली पासपोर्टको सुचीबाट बाहिरियो अमेरिकी पासपोर्ट

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली शीर्ष १० पासपोर्टहरूको सुचीबाट बाहिरीएको छ । हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार २० वर्षमा पहिलो पटक यस्तो भएको हो । सन् २०१४ मा विश्वकै पहिलो स्थानमा रहेको अमेरिकाको पासपोर्ट अहिले १२औं स्थानमा झरेको हो। जुन मलेसियासँग बराबरीमा छ। अब अमेरिकाले १८० देशमा मात्र भिसा बिना प्रवेश गर्न सक्छ । 

    त्यसैगरी सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ । इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ८५औं स्थानमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ