आइतबार, वैशाख २९ गते २०८२

एमाले केन्द्रीय समिति बैठक आजदेखि

एमाले केन्द्रीय समिति बैठक आजदेखि

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • एमाले केन्द्रीय समिति बैठक आजदेखि

    सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै निर्वाचन, अनुशासनलगायतका आयोगले पनि आफ्नो प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

    images

    त्यस्तै बैठकमा समसामयिक विषय, राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ । पछिल्लो समय पार्टीले गरेका कामहरूको विषयमा पनि छलफल हुनेछ । बैठकले आगामी कार्ययोजना तय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ