आइतबार, वैशाख २९ गते २०८२

रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल

रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार रास्वापले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै  ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो । 

    images

    कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।  

    कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन । साथै कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ