नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्ति आतंकित भएको बताएका छन् ।
आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्ति निर्दयी र अमानवीय रुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको जिकिर गरे । हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ’, उनले भने, ‘हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न उनले आग्रह गरे । अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिद्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूले अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे ।